आर्थिक

ज्योति विकास बैंकको शाखा कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा

काठमाडौं । ज्योति विकास बैंकले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ । कैलारी गाउँपालिका वडा नं १, हसुलिया, कैलालीमा रहेको नयाँ शाखा प्रमुख अथिति हसुलिया गाउँपालिका अध्यक्ष लाजुराम चौधरी तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच मंगलबार संयुक्त रुपमा उद्घाटन गरे ।

आजै भीमदत्त नगरपालिका वडा नं ४, महेन्द्रनगर, कञ्चनपुरमा मा रहेको नयाँ शाखाको पनि औपचारिक रुपमा प्रमुख अथिति नेपाल राष्ट्र बैंक धनगढि, कैलालीका निर्देशक श्री किरण पण्डीतज्यू तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीद्वारा संयुक्त रुपमा उद्घाटन गरे ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा ब्त्ः मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा ब्त्ः संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ती गरी एककृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ