बाग्मती

हेटौँडामा बसपार्क निर्माण शुरु

हेटौँडा । मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा सवारी साधन सञ्चालनका लागि हेटौँडामा बसपार्क निर्माण कार्य शुरु गरिएको छ ।

हेटौँडा–४ स्थित भैरव रोड र भुटनदेवी माविको रोडमा पर्ने खाली जग्गामा हेटाँडा नगरपालिकाले बसपार्क बनाउन शुरु गरेको हो ।
विगतमा कम्मल उद्योग सञ्चालनमा रहेको र अहिले बन्द अवस्थामा रहेको सो उद्योगको खाली जमीनमा बसपार्क निर्माण हुन लगेको हो । करीब १० कट्ठा जमीन रहेको सो उद्योगको बहुसङ्ख्यक जमीन खोलिरहेकाले सो स्थानमा बसपार्क बनाउन लागेको नगरपालिकाको प्राविधिक शाखाले बताएको छ ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जमीनको हक दाबी गर्न आएमा सो जग्गाबाट बसपार्क खाली गरिने बताउँदै पुरानो बसपार्कमा ठाउँको अभावका कारण बसपार्कको विस्तार गर्न लागेको बताएका छन्।

स्थानीय बासिन्दाका रामप्रसाद पोखरेलका अनुसार सो उद्योगको खाली जमीनमा केही राजनीतिक दल र हेटौँडाका केही व्यक्तिले हड्प्ने प्रयास गर्दै आएको बताए । सो उद्योगको जीर्ण भवन र खाली जमीनमा अवैधरुपमा केही व्यक्ति बसेकाले उनीहरुलाई हटाउने काम पनि उपमहानगरपालिकाले गरेको प्रमुख महतले भने ।