समाचार

उतबेँसी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा

बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ स्थित राउतबेँसी स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रयोगशाला सेवा सञ्चालनमा आएको छ । गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङ र उपाध्यक्ष अञ्जु आचार्यको समन्वयमा जर्मन सहयोग नियोग (जिआइजेड) ले प्रयोगशाला सेवा सञ्चालनमा ल्याउन सहयोग पु¥याएको हो ।

जिल्लाको विकट बस्तीमा पर्ने चौकीमा सुरु भएको प्रयोगशालामा कलेजो, मिर्गौला, रक्तचाप, थाइराइड, दिसापिसाब, खकार, रगत लगायतको परीक्षण गर्ने गरिन्छ । प्रयोगशाला सञ्चालनमा आएपछि बिरामीलाई प्रत्यक्ष फाइदा पुग्ने वडा नं ३ का अध्यक्ष धु्रवकर केसीले जानकारी दिए ।

स्वास्थ्य चौकीमा जिल्लाकै उत्कृष्ट सेवा प्रदान गर्नसक्ने गरी गाँउपालिकाले प्रसूति सेवा पनि यसै वर्षदेखि सञ्चालनमा ल्याएको छ । गाउँपलिकाका अन्य छवटा वडाहरुमा पनि दक्ष जनशक्ति, आधुनिक उपकरण र सुविधासम्पन्न भौतिक संरचना विस्तार गरी सर्वसुलभ उपचार सेवा प्रवाह गर्ने लक्ष्य राखिएको गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले बताएका छन्।