साहित्य

जेवि अनुरागिका तीन मुक्तक

 – जेवि अनुरागि

 – राजपुर बर्दिया

मुक्तक १

बसेको बास पनि अर्कैको भए पछि
बाच्ने आस पनि अर्कैको भए पछि ।
भन बाकी जिवनमा पीडा दिन्छौ कि,
मेरो चितामा लास अर्कैको भए पछि ।।

झूट बोलेर देश आमा जोगिने भए बोल्नु ।
सत्य बोलेर हिंसा भ्रस्ट रोकिने भए बोल्नु,
पहिचान र एउबन बेचेर फस्टाएको देशमा ।
गरिबको समस्या सदन ठोकीने भए बोल्नु ।।

भीर पाखा फाटमा पनि मन छन होस गर
बाईयले नेपाल सकियो भन्छन होस गर ।
हामि आफ्ना कम्जोरी लुकाउन नखोजौ,
देस टुग्र्याउने पहिचान किन्ने छन होस गर ।।