समाचार

विद्यालयमा रु एक लाखकोे अक्षयकोष

पाल्पा । १८ मङ्ल् जिल्लाको तानसेन नगरपालिका–९, दमकडास्थित दमकडा नमूना माध्यमिक विद्यालयमा न्यून दृष्टियुक्त व्यक्तिको अध्ययनरतमा सहयोग पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको छ ।

कतारको दोहामा बसोबास गर्दै आएको पाल्पालीको संस्था पाल्पाली सेवा समाजले तानसेन नगरपालिका–९, दमकडास्थित दमकडा नमूना माविमा रु एक लाख एक हजार १११ को अक्षयकोष स्थापना गरेको हो ।

समाजका पूर्वअध्यक्ष यमबहादुर विक, भरतबहादुर खत्री, कृष्ण सारुलगायतले विद्यालयका प्रधानाध्यापक मोहन सापकोटालाई नगद रु एक लाख हस्तान्तरण गर्नुभएको हो । समाजका पूर्वअध्यक्ष यमबहादुर विकले न्यून दृष्टियुक्त विद्यार्थीका लागि अक्षयकोष स्थापनाबाट केही मात्रा भए पनि राहत पुग्ने बताएका छन्।
विद्यालयका प्रअ सापकोटाले विदेशमा रहेर पनि जिल्लाप्रतिको सहयोगले समाज रुपान्तरणमा ठूलो सहयोग पुगेको बताए ।
सन् २००७ मा स्थापना भएको उक्त समाजले जिल्लाका पाँच विद्यालयमा गरीब तथा विपन्न समुदायका विद्यार्थीलाई रु एक लाख १५ हजार बराबरको झोला वितरण गरेको थियो ।