कर्णाली प्रदेश

महासङ्घको साधारणसभा सम्पन्न

हुम्ला । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा हुम्लाको साधारणसभा सम्पन्न भएको छ । सभाले साङ्गठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै सभा सम्पन्न गरेको हो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरेर सञ्चारकर्मीले समाजको यथार्थ बाहिर ल्याउनुपर्ने बताएका छन्। जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले निष्पक्ष र स्वतन्त्र पत्रकारितातर्फ कलम चलाउन सञ्चार जगतलाई आग्रह गरे।

जिल्ला प्रहरी कार्यालय हुम्लामा सिसिटिभी क्यामरा जडान गरिएको छ । क्यामरा जडानसँगै कार्यालयभित्र हुने कामको प्रभाकारिता र सेवाग्राहीको काममा सहज भएको छ । कार्यालयको वार्षिक कार्यक्रम अनुसार कार्यालयका लागि छ वटा सिसिटिभी जडान गर्ने कार्यक्रममा तीन वटा जडान गरी प्रयोगमा आएको प्रहरी नायव उपरीक्षक रवीन श्रेष्ठले बताए ।