बाग्मती

पैसा लुटेको आरोपमा अभियोगमा दुई पक्राउ

काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित सिटी टावरबाट पैसा लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३२ शङ्खमूलका रामकृष्ण थापालाई बेहोस बनाउने औषधि खुवाई उनको साथमा रहेको रु दुई लाख ५० हजार लुटेको आरोपमा उनीहरुलाई सोमवार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा खोटाङ घर भई साँखु बस्ने सन्तोष खत्री र काठमाडौँ कोटेश्वर बस्ने बाग्लुङका २६ वर्षीय पुरुषोतम सुनार रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन ढोकाबाट भन्सार छली ल्याएको ४१७ ग्राम सुनको बाला र दुई थान सुनको सिक्रीसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गएराति पक्राउ परेका भारतीय नागरिक राजेश गोविन्दाको विषयमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।