प्रदेश 1

सुनसरी तरुण दल देखियो ओली सरकार बिरुद्ध यस्तो आक्रमक

ईटहरी । नेपाल तरुण दल सुनसरीले तरुण दल केन्द्रको निर्देशन बमोजिम आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रम प्रकाश उप्रेतीलाई ज्ञापनपत्र बुझाएको छ । तरुण दलका जिल्ला अध्यक्ष सिजन गुरुङको नेतृत्वमा गएको ईनरुवास्थित कार्यालयमा उक्त ज्ञापनपत्र बुझाईएको हो ।
ज्ञापन पत्र पढ्दै नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका गुरुङले बिभिन्न प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्धका नाराहरु लगाउदै ज्ञापनपत्र बुझाएका थिए ।

अध्यक्ष गुरुङ भन्छन्, ‘वर्तमान सरकार गठन भएपश्चात मुलुकमा बढेको दण्डहिनता,अराजकता,भ्रष्टाचार,चरम मुल्यबृद्धी,निर्मला पन्त हत्या प्रकरणका दोषिको उन्मुक्ती र विशेष गरि पछिल्ला दिनहरुमा सुनसरीमा मुस्लिम समुदायमाथिको आक्रमण गरि खुर्सिद आलम र फिदा हुसेनको बीभत्स हत्याको विरोधमा सरकारलाई खबरदारी गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरी अगाडि नेपाल तरुण दल सुनसरीको नेतृत्वमा बृहत् र्‍याली सहितको बिरोध प्रदर्शन पश्चात प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननिय प्रधानमन्त्री ज्युलाई ज्ञापन पत्र बुझाईयो । संवैधानिक सर्वोच्चता,विधिको शासन र कानुनी राज्यको स्थापनाका लागि नेपाल तरुण दल जस्तोसुकै बलिदान दिन तयार छ र हरदम रहनेछ ।
जय नेपाल । जय तरुण !!!’

देशमा बढ्दै गएको अराजकता, अन्याय, भ्रष्टाचार, चरम मुल्यवृद्धी, नेपाल वायुसेवा निगमको वाईड बडि विमान खरिदमा भएको अरबौं घोटाला, राष्ट्रपतिको लागि १८ करोड मूल्य बराबरका बिलासी सवारी साधन खरिद गर्ने निर्णय विरुद्ध तरुण दल केन्द्रीय समितिले केही दिन अगाडि दिएको निर्देशन बमोजिम सुनसरीमा प्रर्दशन भएको हो ।
सुनसरीमा ओली सरकार बनेपछि दुई जनालाई गोली हानि हत्या भएको प्रति समेत सुनसरी तरुण दलको बिशेष चिन्दा देखिएको छ ।