राजनीति

तरुण दलको उद्घोषः ओली सरकारले राष्ट्रघाती काम तत्काल बन्द नगरे देश ठप्प पार्ने

काठमाण्डौ । नेपाल तरुणदलले ७७ वटै जिल्लाहरुमा सरकारको कालोबजारी अपारध भ्रष्टाचार बिरुद्ध जिल्ला प्रशासन कार्यालयमार्फत नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल सरकार र जिल्लाका केही स्थानीय तहले गरेको गतिविधिका बिषयमा ७ बुँदे ध्यानाकर्षण गर्दै सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

निर्मला हत्याकाण्डको छानविन, नेपालीहरुको धर्म र संस्कृतिको बेला गरिएको मुल्यबृद्धि, भष्ट्रचारका कारण जनताले झेल्नु परेको समस्या, नेपाल वायुसेवा निगममा भएको अनियमिता, राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद, संविधानमा उल्लेख भए भन्दा विपरीत धर्म प्रचारमा लगायतका ७ बुँदे ध्यानाकर्षण ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

नेपाली जनताको लामो संघर्षपछि प्राप्त गरेको संघिय लोकतान्त्रिक गणतन्त्रको संरक्षणमा नेपाल तरुणदल जनताको समृद्धिको चाहना परिपुर्ति गर्दै लोकतन्त्रको पहेदारीमा क्रियाशिल रहेकोले सरकार नै संवैधानिक अधिकारको खिल्ली उडाउने आरोप ज्ञापनपत्र मार्फत जानकारी गराइएको छ । नेपाल तरुणदल केन्द्रले निर्देशन जारी गरेबमोजिम ज्ञापन पत्रमा निर्माला हत्याकाण्डलाई छानविन गरी दोशी छिटो पत्ता लगाई पिडित पक्षलाई न्याय दिन माग गरिएको छ । निर्मला पन्तको हत्याकाण्डमा न्यायोचित वातवरण नबनाएमा तरुणदल जस्तोपनि कदम चाल्न बाध्य हुने चेतावनी दिदै यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सरकार हुनुपर्ने माग राखिएको छ ।

संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भई बनेको सरकारबाट नेपाली जनताले अपेक्षा गरेअनुसारको समृद्धि भन्दा पनि अपराधी ढंगबाट प्रस्तुत भएको छ मल्लले जारी गरेको ज्ञापनपत्रमा भनिएको छ, “राज्यतह बाटै महङ्गी, भष्ट्रचार, अन्याय, अत्याचार र राजनीतिक संरक्षणले मुलुक समृद्धिको पाटोमा भन्दा उधोगतिमा धकेलिदै छ ।” जनताले पाउने संवैधानिक अधिकार माथी खेलवाड नगर्न आग्रह गर्दै तत्काल घोर अकर्मण्यता एंव जनतामारा र राष्ट्रघाती कार्यहरु तत्काल बन्द नगरिए देशभर आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

न्याय संगत ढंगबाट जनता जीवनयापन र कानुनी राज्यको अवधारणामा न्यायिक समाधान छिटो खोज्न ज्ञापनपत्र मार्फत सरकारको ध्यानाकर्षण गरिएको नेपाल तरुणदल स्याङ्जाले जनाएको छ । ज्ञापनपत्र बुझाउन गएको तरुणदलले जिल्ला प्रशासन कार्यालय अगाडी कोण सभा समेत गरेको बताइएको छ । कोणसभामा जिल्लामा भएका घट्नाक्रमलाई राजनीति भन्दा माथी उठेर छानविन गर्न प्रजिअलाई आग्रह गरिएको छ । तरुणदलले बुझाएको ज्ञापनपत्रलाई प्रधानमन्त्री कार्यालयमा पु¥याउने प्रतिवद्धता जिल्ला प्रशासन कार्यालयले दिएको छ ।