आर्थिक

एनआईसीिको डिपुटी सिईओमा सुधिरनाथ पाण्डे नियुक्त

काठमाण्डौ । एनआई सी एशिया बैंकको सोमबार बसेको ३८० औं सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृतपदमा बढुवा गरेको छ ।

२०४६ सालमंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंकबाट बैंकिङ्ग सेवामाप्रवेश गरेका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले विभिन्न बैंकहरु तथा यस एनआई सी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका कुशलता पूर्वक निर्वाह गर्दै आएका छन् ।

नयब प्रमुख कार्यकारी अधिकृत पाण्डेले प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेसँगै बैंकको दीर्घकालिन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आएका छन् । नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले आजैका मितिमा पदभार ग्रहण गरे । पदभार ग्रहण गर्दै नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले “बैंक पनि, साथीपनि, राम्रो पनि,हाम्रो पनि”भन्ने बैंकको मूल नारालाई आत्मासाथगर्दै समृद्घ नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानमा बैंकको तर्पmबाट उल्लेखनिय योगदान पु¥याउने जानकारी गराए ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर करिब १४ लाखभन्दा बढि सेवाग्राहीको बैंक बन्न सफल भएको छ । यसैगरी, जम्मा २६८ शाखा तथा २८१ एटीएमसहित देशकै सबैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।