आर्थिक

सिटी एक्स्प्रेसको “लखपतिएक्स्प्रेस” योजना– दोस्रो महिनाको एक लाख विजेता घोषित

काठमाण्डौ । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत मलेसियाको मर्चण्ट्रेड बाट पैसा पठाई दोस्रो महिनाको एक लाखको मासिक लक्की ड्रमा परीपर्साका बिनोद अग्रहरी विजेता घोषित भएका छन् ।

यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजनाअन्तर्गत ९२४ जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जना विजेताले दश हजार र १ जनाले एक लाख जितिसकेका छन्। ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोहबिच उक्त नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस”उपहार योजनाअन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताले दैनिकरु २०० को मोबाइल टप अप १२ जनाले जित्नसक्ने त्यसैगरी साप्ताहिक रुपमा तीनजना विजेताले दश हजार र हरेक महिना लक्कीड्रमा विजयीहुने एक जनाले एक लाख जित्नसक्ने, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार रसिटी एक्स्प्रेस मनी ट्रान्सफर  १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा बाह्र लाख सम्म जित्न सक्ने छन् ।

यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्मलागू हुनेछ ।यो अवधिभरसिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राहीयो उपहार योजनामा सहभागी हुनेछन् ।