आर्थिक

सिभिल बैंक र आईएमई डिजिटल सोलुसन्स बीच सम्झौता

काठमाण्डौ । सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदानगर्ने क्रममा आईएमई डिजिटल सोलुसन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र आईएमई डिजिटल सोलुसन्सकातर्फबाट प्रमुख परिचालन अधिकृत ड्यानियल डि. श्रेष्ठले हस्ताक्षर गरे ।
अबसिभिल बैंकका ग्राहकहरुले आईएमई–पे मार्पmत सिभिल बैंक वाअन्य बैंकमा रकमान्तर गर्न,मोबाइल टपअपगर्न, विद्युत प्राधिकरण÷ल्यान्डलाइन÷एडीयसयल÷डिसहोमको बील भुक्तानीगर्न, आवद्ध संस्थाहरुको सेवातथा बस्तु खरिद गर्नुका साथै सिनेमा हल र हवाई टिकट समेत खरिद गर्र्न सकिनेछ ।
चालु आर्थिक वर्षको प्रथम चौमासमा (एन.एफ.आर.यस.अनुसार) रु अठार करोड पचास लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल यस बैंकको कुलशाखा संख्या ७० रहेको छ ।