पु.समाचार

आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायधिस सिफारिस गर्ने तयारी

काठमाडौँ । नयाँ प्रधानन्यायधिश सिफरिका लागि आज संवैधानिक परिषको बैठक बस्ने बस्ने भएको छ ।

विहान ११ बस्ने बैठकमा प्रधानन्यायधिशका लागि भएका न्यायधिशद्वय दिपकराज जोशी र चोलेन्द्र शमसेरजवरा मध्य एक जनालाई परिषको बैठले प्रधानन्यायधिशमा सिफरिस गर्ने छ । केहि दिन अघि मात्रै न्याय परिषदको बैठकले जोशी र जवरालाई सिफरिस गरेको थियो ।

प्रधानन्यायाधीशमा सिफारिसका लागि सर्वोच्च अदालतमा तीनवर्ष न्यायाधीश भइसकेको व्यक्ति प्रधानन्यायधिशका लागि योग्य हुने प्रावधान रहेको छ । प्रधानन्यायधिशका लागि तीनजनालाई सिफरिस गर्नुपर्ने व्यवस्था भए पनि सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका अर्का न्यायाधीश नभएका कारण दुईजनाको मात्रै नाम पठाइएको हो ।

ति दुई जनामा न्यायधिश जोशीलाई यसअघि नै संसदीय सुनुवाई विषेश समितिले अस्वीकृत गरेको थियो ।

प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख र कानुनमन्त्री सदस्य रहने व्यवस्था रहेको छ ।