पत्रपत्रिका

वाइडबडी खरिद प्रकरण : थप विवरण माग्दै लेखा समिति

काठमाडौँ । नेपाल एयरलाइन्सको वाइडबडी खरिद प्रक्रियामाथि अनुसन्धान गरिरहेको संसद्को सार्वजनिक लेखा समितिले खरिद प्रक्रियासँग सम्बन्धित विवरण माग गर्न लिखित प्रश्न तयार पारेको छ ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायुसेवा निगमसँग लिखित जवाफ माग गर्न ४१ वटा प्रश्न तयार पारेको छ । विभागीय मन्त्रालय र निगमका लागि तयार पारिएका फरक–फरक प्रश्न सोमबार सम्बन्धित निकायमा पठाइनेछ ।

समितिले विभागीय मन्त्रालयका लागि नीतिगत विषयका तीन र निगमलाई खरिद प्रक्रियासँग सम्बन्धित ३८ प्रश्न तयार पारेको स्रोतले जानकारी दियो । आवश्यकता अनुसार अन्य निकायसँग पनि थप प्रमाणका लागि जवाफ माग्ने तयारी पनि समितिको छ तर अन्य कुन–कुन निकायसँग जवाफ माग्ने यकिन भइसकेको छैन । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।