समाचार

दिनानुदिन बलात्कार र अपराधका घटनामा बृद्धी हुंदा समेत सरकार मौन: डा लोहनी

काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा शान्तिसुरक्षा कायम गर्न सरकारसँग आग्रह गरेका छन्

रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उनले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बलात्कार र महिला हिंसा लगायत घटना दिन प्रतिदिन बढ्दै गएको उल्लेख गर्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सँगको पार्टी एकताले छिट्टै पूर्णता पाउने पनि अध्यक्ष डा लोहनीको भनाइ थियो ।

यस्ता बलात्कार र हत्याका अपराधीक घटना बढ्दा समेत ओली सरकार मौन रहेको बताउदै सरकार पूर्णतः असफल रहेको बताएका छन् ।