मनोरञ्जन

पाँच वर्षिया बालिका श्रृष्टिले ल्याइन् नयाँ म्युजिक भिडियो (भिडियो सहित)

काठमाडौँ । संयुक्त राज्य अमरिकामा बसोबास गर्ने पाँच बर्षिय श्रृष्टि आचार्यले लालीगुँरास फुले सरी जब तिमि मुस्कुराउँछ्यौ, सत्य मेरो धडकन भुतुक्कै पो बनाउँछ । बोलको गीतमा अभिनय गरेकी छिन् । उक्त गितमा बाल कलाकार सृष्टि आर्चायको अभिनय पनि सुन्दर रहेको देख्न सकिन्छ ।

सामाजिक संजालहरूमा निकै नै लोकप्रिय भाइरल बनेकी पाँच बर्षिय नानीले विभिन्न नेपाली म्यूजिक भिडियोहरूमा अभिनय गरि सकेकी छिन् । सुनितामी परियार र अस्मिता ढकालको स्वर रहेको उक्त गीतमा झलक स‌ंगीतमले सं‌गीत दिएका छन् भने गीतकार सुबिसुधाको शब्द तथा रचना रहेको चाँदनीमा नुहाएर बोलको गीतको निर्देशन हेम प्रभाषले गरेका हुन् ।

यस गीतको सम्पुर्ण छायाँकन अमेरिकामै गरिएको छ । यस गीतमा सृष्टिको जीवन्त अभिनय त छदैँ छ साथमा दिपा थापा र सुबिसुधाको पनि अभिनय देख्न सकिन्छ । आलाप रेकर्डिङ्ग स्टुडियोमा रेक‍र्ड गरिएको गीतलाई वरिष्ठ फोटोग्राफर राजिव श्रेष्ठले खिचेका हुन् भने एकान्त मगरले सम्पादन गरेका हुन् । यस गीतको प्रोड्क्सन म्यानेजर भने केशव आचार्य हुन् ।

सृष्टि अमेरिकामा बसोबास गर्ने गीतकार सुबिसुधा आचार्यकी छोरी हुन् । गीतकार सुबिसुधाका अधिकांश गीतहरूमा सृष्टिले नै अभिनय गर्ने योजना रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ।

भिडियो हेर्नुहोस् :