प्रदेश 2

सिक्का अड्किए बालकको ज्यान गयो

पर्सा । बच्चाले खेलाउँदै गरेको सिक्का पैसा अड्केर पर्सामा एक नाबालकको मृत्यु भएको छ।

वीरगंज महानगरपालिका –३० सुगौली निवासी रविन्द्र राय यादवका २ वर्षीय छोरा शिवकुमार राय यादवको सिक्का अड्किएर शनिबार मृत्यु भएको हो। नाबालक शिवकुमारले एक रुपैयाको नेपाली सिक्का खेलाउने क्रममा अचानक निल्दा अड्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बच्चाले पैसा अड्काएपछि उपचारको लागि वीरगंज स्थित नेशनल मेडिकल कलेज ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए। बालकको पोष्टमार्टम पछि शनिबार नै अभिभावकको जिम्मा लगाइएको छ।