अन्तर्राष्ट्रिय

मूल्यवृद्धिको विरोधमा फ्रान्समा प्रदर्शनले उग्र रुप लियो

फ्रान्स । फ्रान्सको राजधानी पेरिसमा तीन हप्तादेखि इन्धनमा भएको मुल्यवृद्धिको विरुद्धमा निरन्तरजस्तै प्रदर्शनहरु भइरहेका छन् । चम्किलो पहेँलो रङको ज्याकेट लगाएका आन्दोलनकारीले गरेको प्रदर्शनलाई रोक्न त्यहाँको प्रहरीले पानीका फोहोरा र अश्रुग्याँस समेत प्रहार गरेका छन् ।

उग्र प्रदर्शन गरेको भन्दै फ्रान्सका प्रधानमन्त्री एडवाडे फिलिपले विरोध प्रदर्शनको निन्दा गरेका छन् । उहाँले प्रर्दशनका नाममा सार्वजनिक सम्पत्तिमाथि तोडफोड गरेकाले प्रदर्शनकारीलाई माफी नदिने बताउनुभयो । तीन हप्ता यता भएको प्रर्दशनका क्रममा १ जना प्रर्दशनकारीको ज्यान गइसकेको छ ।

यसैबीच पछिल्लो पटक भएको प्रर्दशनको १ सय भन्दा धेरै प्रर्दशनकारीलाई प्रहरीले पक्राउ गरेको छ । आन्दोलनमा ३६ हजारभन्दा धेरै नागरिक सहभागि भएका फ्रान्सेली अधिकारीहरुले बताएका छन् । फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले सरकारले इन्धन करमा गरेको वृद्धि फिर्ता नगर्ने बताएका बताए ।