साहित्य

कवि सम्मेलन सम्पन्न

काठमाडौँ । नगरपालिका दिवसको अवसरमा टोखा र बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा आज बुढानिलकण्ठस्तरीय कवि सम्मेलन सम्पन्न भएको छ ।

कार्यक्रममा करीब पाँच दर्जन सर्जकले रचना वाचन गरेका थिए । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको कविताबाट शुरु भएको कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमायाँ डङ्गोल, बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल र वडा सदस्य पुरुषोत्तम नेपालले पनि कविता वाचन गरेका थिए ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस्ता कार्यक्रमले स्थानीय तहको प्रवर्धनका लागि योगदान मिल्ने बताएका थिए । कार्यक्रम प्रदेश सांसद् दीपक निरौलाको संयोजकत्वमा भएको थियो ।