कर्णाली प्रदेश

कर्णाली प्रतिष्ठानमा ब्लड बैंक शुरु

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक स्थापना गरिएको छ । रक्तदान कार्यक्रम गरी ब्लडबैंकको शुरुआत गरिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । यहाँ ब्लडबैंक नभएका कारण निकै ठूलो समस्या हुने गथ्र्यो । अब रगत अभाव हुन नदिने उनको भनाइ छ ।

प्रतिष्ठानमा अहिले ‘९० प्याकेट’ रगतसहितको भण्डार क्षमताको यन्त्र र अन्य सामग्री राखिएको ल्याब इञ्चार्ज विवेक पुन मगरले जानकारी दिए । उनका अनुसार आज पहिलो दिन प्रतिष्ठान परिवारबाटै १२ जनाले रक्तदान गरेका छन् ।

“हामीले रगत सङ्कलन गरी रेफ्रिजेटरमा राखिसकेका छौंँ”, उनले भने । बेलुकी अबेरसम्म २० पिण्ट रगत सङ्कलन गर्ने लक्ष्य रहेको छ । ब्लडबैंक ब मेसिन रु ९६ लाख र अत्याधुनिक प्रयोगशाला रु एक करोड ३६ लाखमा स्थापना भएको जनाइएको छ ।