समाचार

एशिया प्रशान्त सम्मेलन काठमाडौमा हुँदै

काठमाडौँ । युनिभर्सल पिस फेडरेसनको आयोजनामा आजदेखि काठमाडौँमा एशिया प्रशान्त सम्मेलन हुँदैछ ।

राजधानीको ह्यात रिजेन्सी होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन आधा दर्जन मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरु नेपाल आइपुगेका छन् ।

सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन ः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ । सम्मेलनको अन्त्यमा काठमाडौँ घोषणापत्र जारी हुनेछ । सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न मुलुकका सरकार तथा राष्ट्रप्रमुखबाट सम्बोधन हुनेछ ।

उद्घाटन सत्रपछि ‘शान्ति, विकास, सुशासन र सांसदहरुको भूमिका’, ‘आस्थामा आधारित सङ्गठन र नागरिक समाजको भूमिका’, ‘जलवायु परिवर्तन’, ‘वर्तमान समयको महत्वपूर्ण चुनौती समाधान गर्न