लुम्बिनी

पाल्पा–बुटवल सडक ४ दिन बन्द हुने

पाल्पा । पाल्पा–बुटवल सडक स्तरोन्नतिका लागि मङ्सिर १७ गतेदेखि १९ गतेसम्म बन्द हुने भएको छ ।

बुटवल–पाल्पा सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा दैनिक सडक बन्द हुने भएको हो । बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द हुने भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए ।

बिरामी बोकेका एम्बुलेन्सबाहेक अन्य सवारीसाधन छ घण्टा नै रोकिनेछन् । सडकमा खसेको ढुङ्गा फुटाइ हटाउनुपर्ने, पहिरो हटाउनुपर्ने तथा सडक मर्मत सम्भार गनुपर्ने हुँदा सडक बन्द गर्न बाध्य भएको अधिकारी आचार्यले बताए ।

दोभानको चिडियाखोलादेखि भुतखोला क्षेत्रको सडक बाह्रै महीना जोखिममा चालक सवारी चलाउन बाध्य छन् । स्थानीय बासिन्दाका अनुसार दोभानको सिद्धबाबा क्षेत्रमा हिउद तथा वर्षायाममा पहिरो खस्दै आएको छ । ढुङ्गासहितको पहिरोले सवारी दुर्घटना रोकिएको छैन ।

यस क्षेत्रमा पहिरोले मानवीय क्षति हुँदै आएको छ ।