मनोरञ्जन

पवन केसीको ‘पागल पागल’ पप गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । पवन केसीको स्वरमा रहेको ‘पागल पागल’ बोलको पप गीत सार्वजनिक भएको छ ।

सामाजिक सञ्जाल यूट्युव मार्फत सार्वजनिक भएको हो । यूवराज खत्रीले सो गीतको सम्पादन गरेका हुन् । मया र प्रेममा आधारित रहेको उक्त गीत धेरै दर्शक तथा स्रोताले पछिल्लो समय मन पराएका छन् । माया र प्रेममा आधारित भएकाले पनि यो गीत पछिल्लो समय हिट हुने संकेत प्रवल देखिएको छ । पछिल्लो समयको यो गीत निकै मिठो र मार्मिक रहेको छ ।

उक्त पप गीतमा आवास ज्ञवाली र मिस्टी मल्लको मुख्य अभिनय रहेको छ । माया प्रेम संग जोडिएकाले पनि आवास र मिस्टीले सो गीतमा रमाईलो तरिकाले अभिनय गरेर दर्शकको मन जित्न सफल भएका छन् । यस पप गितमा सुरेश पाण्डेको निर्देशन रहेको छ ।

सो गीतको छायाङ्कन भने कृष्ण श्रेष्ठले गरेका हुन् ।

हेर्नुहोस भिडियो :