समाचार

एचआइभि एड्स संक्रमितलाई उपचारको अभाव हुन दिँइदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले एचआइभि एड्स संक्रमितलाई उपचारको अभाव हुन नदिने बताएका छन् ।

३१ औं विश्व एड्स दिवशको अवसरमा एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले एचआइभि संक्रमितलाई सरकारले निशुल्क औषधीको व्यवस्था गरेको स्मरण गराए । “नेपालमा एचआइभि संक्रमितहरुलाई सरकारले निशुल्क औषधीको व्यवस्था गरेको ” प्रधानमन्त्रीओलीले सन्देशमा भनेका छन् ।

“सबै संक्रमितहरुमा यो सेवा पु¥याउन सरकारका स्वास्थ्यनिकाय र एड्स विरुद्ध कार्यरत सबै संस्थाहरुलाई म आग्रह्गर्दछु । सबै संक्रमितमरुले उपचार सेवापाउनु पर्दछ ।” प्रधानमन्त्री ओलीद्वारा जारी गरिएको सन्देशमा भनिएको छ ।

एचआइभि एड्स नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउन सबै क्षेत्रको आवश्यकता रहेको प्रधानमन्त्री ओलीले जोड दिएका छन् । दिगो विकासका लक्ष्यहरुले स्वास्थ्य मानव समाजको परिकल्पना गरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा एड्स रोग निर्मूल गर्ने रणनीतिलाई द्रुतगतिमा अघि बढाउनु पर्नेमा जोड दिए ।

यस अभियानमा नेपालमापनि राष्ट्रिय एड्स परिषदले महत्वपूर्ण भूमिकानिर्वाह गर्ने प्रधानमन्त्रीओलीको विश्वास छ ।