आर्थिक

निर्माण व्यवसायी प्रदेश महासङ्घमा नयाँ नेतृत्व

घोराही । प्रदेश नं ५ को निर्माण व्यवसायीको पहिलो अधिवेशनले बलिभद्र रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
दाङको घोराहीमा बिहिबारदेखि शुरु भएको पहिलो अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुरेश चन्द, उपाध्यक्षमा मञ्जु भुसाल, नवीन ज्ञवाली, देवीलाल न्यौपाने, महिला उपाध्यक्षमा गङ्गा पोखरेल र महासचिवमा प्रकाश शाहलाई चयन गरेको छ ।
यसैगरी उपमहासचिवमा नीतिगत कार्यभार सम्हाल्ने गरि टिकाबहादुर श्रेष्ठ, प्रसासनिक उपमहासचिवमा दिनेश कुद्धर हमाल र आन्तरिक कार्यभार सम्हाल्ने गरि पदमकुमार कुवँरलाई उपमहासचिव चयन गरेको छ । अधिवेशनले कोषाध्यक्षमा त्रिभुवन दत्त मिश्र र सहकोषाध्यक्षमा प्रकाश बस्नेतलाई सर्वसम्मन चयन गरेको छ ।

चार खुला सदस्यमा जीवन कक्षपति, ढुण्डीराज पोखरेल, भागवत गिरी, विमलमान श्रेष्ठ, सन्तोष विएम र दिपक कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । यस्तै एशोसिएनबाट बामदेव रेग्मी, महिला तर्फबाट नलिन गौतम भुसाल, वस्तुगतबाट अजय राना र मधेशीबाट रमेश कुमार सदस्यमा सर्वसम्मत भएका हुन् ।