राजनीति

व्यक्तिगत स्वार्थका आधारित पार्टी सञ्चालन हुनुहुँदैनः नारायणकाजी श्रेष्ठ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले जनताको विश्वास जित्ने गरी काम गर्ने बताएका छन्।

यहाँस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार गठन भएको छोटो अवधि भएकाले अहिल्यै कामको मूल्याङ्कन गर्ने समय नभएको प्रष्ट पारे । प्रवक्ता श्रेष्ठले पार्टीभित्र कुनै गुट नरहेको उल्लेख गर्दै कोही कसैले समूह निर्माण गर्न खोजे जरैदेखि उखेल्नु पर्नेमा जोड दिए ।

“व्यक्तिगत स्वार्थका आधारित पार्टी सञ्चालन हुनुहुँदैन, यसलाई निरुत्साहित बनाउनुपर्छ”, उनले भने। उनले निर्मला पन्तको बलात्कारपछि हत्या हुनु दुःखद भएको उल्लेख गर्दै सङ्लग्न अपराधीलाई सरकारले पक्राउ गरी कानूनअनुसार कारवाही गर्ने विश्वास दिलाए ।