खेलकुद

‘ए’ डिभिजन लिगः पुलिस र थ्रीस्टार विजयी

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएका पाँचौँ चरणका खेलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब विजयी भएका छन् ।

थ्री स्टार क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोल अन्तरले पराजित ग¥यो । थ्री स्टारको जीतमा रञ्जन विष्ट नायक बने । रञ्जनले दुई गोल गरे । उनले खेलको २५औँ तथा ६६ औँ मिनेटमा गोल गरेका थिए । रञ्जनले ‘म्यान अफ दी म्याच’सहित रु १० हजार पुरस्कार प्राप्त गरे । जीतसँगै थ्रीस्टारले पाँच खेलबाट १२ अङ्क जोडेको छ । एपिएफले पाँच खेलबाट चार अङ्क जोडेको छ ।

यसैगरी आज भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले न्यूरोड टिम (एनआरटी)लाई ३–० गोल अन्तरले पराजित ग¥यो ।