बाग्मती

भरतपुर महानगरपालिका १३ न वडा कार्यालयको शिलन्यास

चितवन । भरतपुर महानगरपालिका १३ न वडा भरतपुर महानगरपालिका १३ न वडा कार्यालयको निनिर्माण गरिने भएको छ ।

महानगर प्रमुख रेनु दाहालले बिहीबार भवन शिलन्यास गर्दै आफूहरू योजनावद्ध र दिगो विकासका योजनासहित अगाडि बढिरहेको जानकारी दिए। महानगरको आन्तरिक स्रोत, र साधनका साथै शहरी विकास मन्त्रालय र अन्य सरकारी निकायसँगको समन्वयमा चक्रपथ निर्माण भइरहेको उनले बताए । नेकपा अध्यक्ष तथा एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाको विकासमा रचनात्मक सहयोग गर्नुभएको नगर प्रमुख दाहालको भनाइ थियो । कार्यालय भवन निर्माण गर्न स्थानीय प्रेमनाथ कोइराला र पद्मावती कोइरालाले प्रदान गरेको दुई कठ्ठा जग्गामा रू ७० लाखको लागतमा दुई हजार स्क्वायर फिटको पक्की भवन बन्ने भएको छ ।