सामाजिक सञ्जाल

शिक्षण अस्पतालमा निर्मलाका बुबालाई पुनः भेट्दा गगन यसरी बने एकाएक भावह्विल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् काठमाण्डौ ४बाट निर्बाचित सांसद गगन थापाले निर्मलाका बुबालाई भेट्दा आपूलाई निकै दुःख लागेको बताएका छन् ।

युवा नेता थापाले निर्मलाका बुबालाई त्रिवि शिक्षण अस्पतालमा भेट्दा आफु भावह्वि बनेको उनको भनाई छ । उनले निर्मलाको बुबालाई कञ्चनपुरको धर्नामा भेट्दा आफुलाई तपाईको छोरीलाई यस्तो भएको भए के हुन्थ्यो भन्ने निर्मलाका बुबाको प्रश्न सम्झिदा आफु निकै गम्भिर रुपमा सोच्न बाध्य भएको उनको तर्क छ । गगन थापालले आफ्ना छोरीहरुलाई सम्झिदै निर्मलासंग तुलना गरेर भावह्विल भएको उनको स्टाटसले देखाउन खोजेको छ ।

पूर्ब स्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, आज त्रि.वि शिक्षण अस्पतालमा निर्मलाको बुवालाई भेट्दा कञ्चनपुरको धर्नामा मलाई उनले सोधेको सम्झेँ-“केही मान्छे मलाई पागल भन्दै छन्,तपाईंको छोरीलाई पनि निर्मलाको जस्तै भएको भए के तपाईं सद्दे रहनुहुन्थ्यो ?” म संग उत्तरका लागि कुनै शब्द थिएन, थियो त केवल आँखामा आँशु।

युवा नेता थापा निर्मलाको न्यायका लागि पटक पटक सडक तथा सदन मार्फत हत्यारालाई तत्काल कारबाहीको माग गरिरहेका छन् । तर सरकार भने लाचारीपन देखाएर पछाडी पन्छि रहेको छ ।

निर्मलाको बालात्कार पछि हत्या भएको करिब ४ महिना बितिसक्दा पनि अहिले सम्म ओली सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन । निर्मला पन्तको बलात्कार र हत्या भएको बिरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायत शक्तीहरुबाट देशब्यापी आन्दोलनका स्वरहरु गुंजिरहेका छन् ।