आर्थिक

रेनोले नेपालमा २५०० औं ग्राहक मनाउँदै

काठमाडौं । रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल कम्पनीले २५०० औं ग्राहक मनाएको छ ।
रेनो इंडियाका उपाध्यक्ष थोमस डबरुएलले कारको साँचो ग्राहकहरूलाई हस्तान्तरण गर्नु भयो । यो समारोह रेनोको नक्सलको शोरूममा आयोजित गरिएको थियो। रेनोको कारको मोडल रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विड रहेका छन् । यस अवसरमा श्री डबरुएलले आफ्नो आत्मविश्वास व्यक्त गरे कि रेनोले बाजारमा आफ्नो स्थिति र बाजार साझेदारीलाई अझ बलियो बनाउनेछ । उनले भने ,रेनोले नेपाली ग्राहकहरूलाई सस्तो मूल्यमा उत्तम प्राविधिक उत्पादन र इन्नोभेटिभ डिजाइनहारू नेपाली बजारमा पस्किरहने छौँ ।

बहुराष्ट्रिय फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले सन् २०१६ नेपालमा आएको थियो र तब बाट कम्पनीले आफ्नो ठूलो प्रगति देखाएको छ र नेपाली आटोमोबाइल बाजारमा शीर्ष तीन कार ब्रान्ड मध्ये एक भएको छ । रेनो सबैभन्दा छिटो बढ्दो कार ब्रान्ड हो र रेकर्ड समयमा प्रमुख माइलस्टोन सम्म पुग्न सक्षम भएको छ । रेनोले नेपालका प्रमुख कार ब्रान्डहरु मध्ये एकको रूपमा आफुलाई स्थापित गर्न सफल भएको छ ।