आर्थिक

सन्राइज बैंकको नगद झण्डै एक अर्ब लाभांश

काठमाडौं । सन्राईज बैंकको संचालक समितिको आजे बसेको ३०३ औं बैठकबाट बैंकका शेयरधनीहरुलाई आ.ब. २०७४/०७५ को मुनाफाबाट बैंकको कायम चुक्ता पूँजी रु. ८ अर्ब १५ पन्ध्र करोड २५ पच्चीस लाख ५५ हजार आठ सय ५१ रुपैंयाँको ११.५% का दरले हुन आउने रकम ९३ करोड ७५ लाख ४३ हजार नौ सय २२ पैसा सतासी मात्र) नेपाल राष्ट्र बैंक तथा आगामी साधारण सभाबाट स्वीकृत भए पश्चात नगद लाभांश वितरण गर्ने निर्णय भएको छ ।

साथै आयकर ऐन, २०५८ को दफा ४७ क अनुसार एन.आई.डि.सी. क्यापिटल मार्केट्सलाई मिति २०७३/१०/२८ मा प्राप्ति (एकीकृत कारोबार) गरेकोले सो मिति पश्चात शेयर कारोबार गरी नगद लाभांशका लागि योग्य रहेका शेयरधनीहरुको नगद लाभांशमा लाग्ने लाभांश कर रकम सम्बन्धित शेयरधनीलाई वितरण गरिने नगद लाभांश रकमबाट कट्टा गरी लिइने छ ।