राजनीति

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरुलाई बिचार राख्ने समय अपुग भएपछि काँग्रेस बैठक पुनः शुक्रबार ११ बजे बस्ने

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः शुक्रबार ११ बजे बस्ने भएको छ । बिधान मस्यौदा सम्बन्धि छलफल गर्न बसेको आजको बैठकमा केन्द्रीय सदस्यहरुलाई समय नपुगेपछि पुनः शुक्रबारका लागि बैठक डाकिएको हो ।

शेरबहादुर देउवाको सभापतित्वमा सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको आजको बैठकमा विधान संशोधन मस्यौदामा केन्द्रित रहेको केन्द्रीय सदस्यहरु क्रमसः डा. रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले आफ्नो धारणा राखेका थिए ।

महामन्त्री पुर्णबहादुर खड्काले तयार गरेको प्रस्ताबित बिधान संसोधनका लागि काँग्रेसले आन्तरिक रुपमा तीब्र छलफल चलाएको छ । केन्द्रीय समितिले बिधान पास गरेपछि आउदै गरेको काँग्रेस महासमितिले समेत अनुमोदन गर्नुपर्ने प्राबधान छ ।

काँग्रेसले समय सापेक्ष बिधानलाई आधुनिक ढडंगले पछिल्लो समयमा आएको कम्युनिष्ट ध्रुबिकरणलाई समेत निष्तेज पार्नेगरी बिधान संसोधन गर्न लागेको छ ।