आर्थिक

गुराँस लघुवित्तको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्थाले प्रति शेयर रु.१०० अंकित दरको २५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशनगर्नको लागिएन आईबिएलएस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमागुराँस लघुवित्त वित्तीय संस्थालि. तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्र र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे । गुराँस लघुवित्त वित्तीय संस्थालि. को अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.७करोड७५ लाखर चुक्तापूँजी रु.५ करोड २५ लाखरहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी रु.७ करोड ७५ लाखहुनेछ ।

गुराँस लघुवित्त वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ साल जेष्ठ २गते पब्लिक लिमिटेड कम्पनीको रुपमाकम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७३ सालकार्तिक २२गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७३ सालमंसीर १३ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । धनकुटा ७, हुलाक टोल केन्द्रीय कार्यालय रहेको यस वित्तीयसंस्थाले स्थापनाको छोटो अवधिमै आफ्नोकार्यक्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ्ग, पाँचथर, इलाम, मोरङ्ग र सुनसरी गरी १० जिल्ला भित्र २२ वटा शाखा कार्यालय मार्फत् करिव ११ हजार विपन्न वर्गका महिला तथा पुरुषहरुलाई समूहमा आबद्घ गरीकरिव रु.७ करोड बचत संकलन तथा करिव रु.४९ करोड कर्जा प्रवाह गरेको छ ।