मनोरञ्जन

श्रृंखलाकीआमाको आग्रह: ३ करोड नेपालीको सहयोग निरन्तर रहेमा, देशको ईज्जत राख्दै ताज पहिरिएर आउछिन्

काठमाण्डौ । एमाले मकवानपुरकी अध्यक्ष तथा प्रदेशसभा सांसद मुनु सिग्देलले आफ्नि छोरीलाई तीन करोड नेपालीको साथ भएमा आफ्नि छोरी श्रृङ्खला खतिवडाले देश प्रतिको जिममेवारी बोद्ध गर्दै ताज ल्याउने विश्वास भएको बताएकी छन् ।
यतिबेला सबैभन्दा बढी चर्चामा छन् मिस नेपाल श्रृखंला खतिवडा । गाउँघरको मेलापातदेखि शहर बजारको कुना काप्चासम्म यिनै सुन्दरीको चर्चा छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म यिनै सुन्दरी छाएकी छन् । अहिलेसम्मकै सबैभन्दा बढी चर्चा पाउने मिस नेपाल भएकि छन् श्रृंखला खतिवडा ।

आमा मुनु सिग्देल

मिस वर्ल्डमा श्रृंखलाको उपस्थितीले विश्वका १ सय २१ सुन्दरीलाई सोचमग्न बनाई दिएको छ । मिस वल्र्डको ताज पहिरने लक्ष्यका साथ चीनमा रहेकी उनलाई साथ दिन सारा नेपालीले भोट मागिरहेका छन् ।

बौद्धिक जगतको प्रतिनिधित्व गर्ने सस्था भएको समेत संदेश दिनको लागि छोरिलाई सहयोग गरेको उनकी आमा प्रदेश सभा सांसद मुनु सिग्देलले बताईन् ।
मिस नेपाल २०१८ श्रृंखला खतिवडाको लागि बिश्वभर बस्ने नेपालीहरुले आफ्नो फेसबुक लगायतका सामाजिक संजालमा सेयर गर्ने तथा सहयोग गर्न आग्रह गर्ने गरेका छन् । प्रतियोगीतामा भाग लिएका ११८ जना मध्ये श्रंखला पनि प्रयत्न निरन्तर रहेको बताउदै डिसेम्बर ८ तारिखमा आफू प्रतियोगितास्थल जाने समेत बताईन् ।
सामाजिक संजालमा भाईरल हुंदै गएको भिडियोमा अन्तरवामर्ता दिदै श्रृंखलाले देशको ईज्जत राख्न आफू लागि पर्ने दृढता बयक्त गरेकी थिईन् । उनले आफ्नो छोरी भोटिङको हिसाबले अगाडी भएकोले श्रंखलाले ताज पहिरिने सम्भाबना बलियो छ । मल्टि मिडिया अवार्डमा समेत श्रृंखला अगाडि छन् । आमालाई बिश्वास छ । आमा मुनुका अनुसार राष्ट्रियताका रुपमा एकजुट भएकोले खुसी लागेको छ ।