प्रदेश 1

बोनम्यारो रोगीलाई आर्थिक सहयोग

दमक । झापा, दमक नगरपालिका–८ की बोनम्यारो रोगी १५ वर्षीया स्यारोन लिम्बूलाई उहाँका सहपाठी र विद्यालयले रु ५२ हजार ५०० आर्थिक सहयोग प्रदान गरेका छन् ।

बिरामीको उपचारमा सहयोग पु¥याउन उक्त सहयोग रकम स्कूलका क्याप्टेन प्रेरणा मगर र स्कूलकी अध्यक्ष इन्दिरा सुवेदी प्याकुरेलले विद्यार्थीसहित विद्यालयले रकम सङ्कलन गरी बिरामीका बुबा विकास लिम्बूलाई सो सहयोग दिएका हुन् ।

दमक–८ स्थित एभरेस्ट बोर्डिङ स्कूल कक्षा ९ मा अध्ययनरत् स्यारोनको विगत पाँच वर्षदेखि रक्त क्यान्सरसँगै बोनम्यारो उपचार भइरहेको छ । स्कूलकी अध्यक्ष सेवुदीका अनुसार विद्यार्थीले खाजा खर्च कटाएर बिरामी परेकी आफ्ना सहपाठीको उपचारमा थोरै भए पनि सहयोग पु¥याउन एकै दिन रु २१ हजार रुपैयाँ सङ्कलन गरेका थिए । त्यसमा विद्यालयले थप रु ३१ हजार ५०० जुटाएर पीडित परिवारलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

यसैबीच बोनम्यारो रोगी छोरीको उपचारमा सहयोग गरिदिन बुबा विकासले सबैसँग सहयोगको याचना गरेका छन् । बिरामीको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सल्लाह दिएपछि त्यतिका उपचार गर्न परिवारसँग आर्थिक अवस्था नभएकाले सहयोगका याचना गर्नु परेको राष्ट्रिय खेलकूद परिषद्का कराँते प्रशिक्षकसमेत रहेका बुबा विकासले बताए । उनले पाँच वर्षयता छोरीको उपचारमा घर र जग्गा बेचेर करीब रु ३६ लाखभन्दा बढी खर्च गरे पनि बिरामीको अवस्थामा सुधार नआएपछि थप उपचारका लागि सहयोगको अपेक्षा गरेको गरे ।