प्रदेश 2

राजपा नेपालद्वारा सदस्यता बितरण तीब्र

बाह्रा । राजपा नेपाल बाराद्वारा देवताल गाउँ पालिका वार्ड न. १ मा राजपा नेपाल पार्टीको सदस्यता बितरण तीब्र बनाएको छ । मधेस, मधेसी, थारु, दलित, मुस्लिम, आदिवासी, जनजाती, महिला, अपाङ्ग, लगायतका जनताहरुको मागलाई संविधान संसोधनको माध्यमले अधिकार दिलाउने मात्र नभई एउटा पार्टी राजपा नेपाल मात्र रहेको भन्दै नव प्रवेशीलाई विश्वास दिलाउदै सदस्यता ग्रहण गराएको हो । सहिदको सपना सकार गर्न अग्रसर रहेको हुनाले यश पार्टीको सदस्यता ग्रहण गरिएको हो । नव प्रवेशीहरुको भनाइ रहेको छ ।

२०७४ साल बैसाख ७ गते ६ वटा पार्टी  एक भइ मधेसी, थारु लगायत का जनताहरुको चाहनालाई पूरा गरेको  र एक दमै थोरै समयको अन्तरालमा देशमा भएको स्थानीय तह, प्रदेश शभा सदस्य, प्रतिनिधि शभा सदस्यहरुको चुनावलाई चुनौतीको रुपमा स्विकार गरि राष्ट्रिय पार्टी बन्न सफल भयेको प्रती खुशी जनाउदै हर्ष हुलासका साथ नव प्रवेशीले सदस्यता ग्रहण गरेका छन् । मधेस आन्दोलनमा अहम् भिमिकाको रुपमा रहि संघर्स गरेका राजपा नेपाल बारा प्रबक्ता अरुण सिंहले सदस्यता ग्रहण गरेका छन ।

मधेस आन्दोलनको क्रममा मधेस, मधेसी, थारु लगायेतका जनताहरुको अधिकारका लागि दिन रात एक गरि आफ्नो ज्यानको समेत प्रवाह न गरि ससक्त आन्दोलनकारीको भिमिकामा रहि काम गरेका प्रबक्ता सिंहको हातबाट सदस्यता लिनु भनेको आफ्नो अधिकार पाउनु सो सरह रहेको भनाइ नव प्रवेशीको रहेको छ । राजपा नेपाल ले २०७६ बैसाख ७, ८, ९, गते महाधिवेशन गर्ने निर्णय गरेको हुंंदा गाउँ (गाउँमा राजपा नेपालको सदस्यता बितरण अभियानको रुपमा चलाको हुँदा एउटा छुट्टै किसिमको लहर छाएको प्रवक्ता सिंहले बताएका छन् ।