प्रदेश 1

सुनसरीमा छुरा प्रहारबाट एक घाइते

इनरुवा । सुनसरीको इटहरी उपनगरपालिका–९ हटियालाइनमा सञ्चालित एक्टिभ मनी ट्रान्सफरका सञ्चालक अपरिचित व्यक्तिको छुरा प्रहारबाट बुधबार घाइते हुनुभएको छ ।

मनी ट्रान्सफरमै आएका दुई अपरिचित व्यक्तिले सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरी फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

उनले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र छुरा प्रहार गर्ने व्यक्तिको खोजतलास जनाइएको छ ।