गण्डकी प्रदेश

किशोरी बलात्कार गर्ने युवक पक्राउ

पोखरा ।   माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन्।

स्थानीय बगरका २५ वर्षीय सुरज गुरुङले मंसिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर बलात्कार गरेको प्रहरीले जनाएको छ। उनलाई पोखराको पृथ्वीनारायण क्यापसबाट पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

किशोरी झोक्राउने र टोलाउने गरेपछि परिवारको सोधपुछमा उनले घटनाबारे जानकारी दिएपछि सुरजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।