खेलकुद

‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’ समापन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा नेपाली सेनाले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको समापन भएको छ ।

‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’को हिजो प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डास्थित फुटबल मैदानमा एक बिशेष समारोहका बीच प्रतियोगिताको समापन गरेका हुन् ।

जङ्गी अड्डास्थित खेल मैदानमा त्रिभुवन आर्मी क्लब र ए।पि।एफ। क्लब बीच भएको फाइनल खेलमा निधारित समयमा १र१ गोलको बराबरीमा रोकिए पछि थप गरिएको २० मिनेटमा समेत गोल हुन नसक्दा पेनाल्टि सुटआउटमा ए।पि।एफ। क्लबले २ को विरुद्ध ४ गोल गर्दै बिजेत ाबनेको हो ।

२०७० सालबाट शुरु गरिएको प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल नेपाल प्रहरी र प्रदेश नं। २ का टिमलाई सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनालले नगद रु ५०र५० हजार पुरस्कार वितरण गरेका हुन् ।


यसै गरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई बलाधिकृत रथी हेमन्त राज कुंवरले पुरस्कार वितरण गरेका थिए ।

राष्ट्रिय खेलकूद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले खेल संचालनमा सहयोग गर्ने रेफ्रि तथा अफिसियलहरुका साथै खेलमा द्वितिय हुने त्रिभुवन आर्मी क्लबका खेलाडीहरुलाई मेडल र नगद रु। १,५०,००० (एक लाख पचास हजार) पुरस्कार वितरण गरेका थिए ।

प्रधानसेनापति थापाले खेलमा प्रथम हुने ए।पि।एफ। क्लबका खेलाडीहरुलाई मेडल, ट्रफि र पुस्कार नगद रु। ३,००,००० (तीन लाख) प्रदान गर्नुका साथै सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी पुनम जर्गा मगरलाई यामाहा कम्पनिले सहयोग गरेको स्कुटर समेत प्रदान गरेका थिए ।

विभागिय टिमहरु लगायत प्रथम पटक ७ प्रदेशका महिला फुटबल टिमहरु र मित्रराष्ट्र भारतको महिला फुटबल टिम २ गरी जम्मा १२ टिमको सहभागिता रहेको फाइनल खेलमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, युवा तथा खेलकुल मन्त्रालयका सचिव, नेपाली सेनाका वहालवाला तथा अवकास प्राप्त रथीवृन्द, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, अखिल नेपाल फुटबलसंघका पदाधिकारीहरु, नेपालस्थित विदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृतहरु, सञ्चारकर्मीलगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।