पत्रपत्रिका

गृहमन्त्रीले निर्मलाको हत्यारालाई काखी च्यापेका छन् : सांसद डिला संग्रौला

बैतडी । प्रतिनिधिसभा सांसद डिला संग्रौलाले कञ्चनपूरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई गृहमन्त्री रामबहादुर थापाले काखी च्यापेको आरोप लगाएकी छिन् । नेपाल महिला संघकी पुर्व अध्यक्ष समेत रहेकी सांसद संग्रौलाले प्रेश युनियन बैतडीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकार निर्मला पन्तलाई न्याय दिने पक्षमा नरहेको आरोप लगाइन् ।

‘निर्मलाको हत्यारा पत्ता नलागे एकमिनेट पनि सरकारमा बस्दिन भन्ने गृहमन्त्री स्वयंमले निर्मलाका हत्यारालाई काखि च्यापेका छन् ।’ उनले भनिन् ।
निर्मलालाई न्याय भन्ने अभियानका क्रममा बैतडी जिल्ला पुगेकी संग्रौलाले सरकार निर्मला पन्तको बलत्कारपछि हत्या भएको बिषयमा गम्भीर नभएको बताईन् । ‘निर्मलाको बिषयलाई लिएर अधिकार माग्दै हिडेका हामीहरुलाई न्याय हराएको आभाष हुदैँछ,’

सरकारले अपराधिलाई संरक्षण गरेर राखेको भन्दै उनले हत्या भएको ४महिना हुन लाग्दा पनि अपराधि पत्ता नलाग्नु सरकारको कमजोरी भएको बताईन् । निर्मला पन्तको बलत्कारपछि हत्या भएको घटनालाई लिएर काग्रेसले राजनिति गर्दै छ की ? भन्ने पत्रकारहरुको प्रश्नमा सांसद सग्रौलाले काग्रेससंग राजनिति गर्ने धेरै एजेण्डा भएकाले एउटा घटनालाई लिएर राजनिति गर्नु आवश्यक नरहेको बताइन् ।

याे समाचार अाजकाे राजधानी दैनिकले छापेकाे छ ।