खेलकुद

च्याम्यिन्स लिग : पिएसजीसंग लिभरपुल स्तब्ध

काठमाण्डौ । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएजीले इंग्लिश क्लब लिभरपुललाई स्तब्ध पारेको छ ।

गएराति सम्पन्न भएको समूह सि को खेलमा पिएसजीले लिभरपुललाई २–१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको खरेलु मैदानमा भएको खेलमा पहिलो हाफको नतिजा नै निर्णायक बनेको थियो ।

पहिलो हाफको १३ औं मिनेटमा पिएसजीकालागि जुआन बर्नाटले पहिलो गोल गरेका थिए भने नेयमारले ३७ औ मिनेटमा दोस्रो गोल गरेका थिए । उता पहिलो हाफको अन्तिम समयमा लिभरपुलले पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्कने प्रयत्न गरेको थियो ।

खेलको दोस्रो हाफ गोल रहित बराबरीमा सकिएपछि लिभरपुल हार बेहोर्न बाध्य भयो । ५ खेलबाट ८ अंक बटुलेको पिएसजी दोस्रो र समान खेलबाट ६ अंक बटुलेको लिभरपुल तेस्रो स्थानमा रहेको छ ।

५ खेलबाट ९ अंक सहित इटालियन क्लब नेपोली समूहको शीर्ष स्थान छ भने सर्वियन क्लब रेड स्टार बेलग्रेड ४ अंक सहित पुच्छारमा छ ।