समाचार

आफ्नो सवारी साधनको नम्वर हेर्नुहोस है, कारबाहीमा पर्नुहोला !

काठमाण्डौ । उपत्यकामा सवारी आवागमनलाई व्यवस्थित बनाउन बिहीबारदेखि आइतबारसम्म जोर बिजोर प्रणाली लागु गरिएको छ ।

शुक्रबारदेखि सोमबारसम्म काठमाडौंमा हुन गइरहेको एसिया प्यासिफिक सम्मेलनमा आउने पाहुना तथा विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जनाएको छ ।

बिहीबार र शनिबारका दिन बिजोर सवारी र शुक्रबार तथा आइतबार जोर नम्बर प्लेट भएका सवारी साधन सञ्चालन गर्न पाइने महाशाखाले सूचना जारी गरेर जानकारी दिएको हो । सवारी साधनको अन्तिम अंकको आधारमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली अनिवार्य नगरिने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।