खेलकुद

भारत र बंगलादेश अन्तिम चारमा

काठमाण्डौ। भारतको दोश्रो दक्षिण एशियाली यु –२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम ईभेन्ट्सको अन्तिम चारमा प्रवेश गरको छ । भारतले बंगलादेशमाथि ५ । ० को जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो । भारत, बंगलादेश, नेपाल, श्रीलङ्का र मालदिभ्स गरि पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा भारत र बंगलादेश समूह ए मा रहेका छन् । भारत समूह एको विजेता हुँदै सेमिफाईनल प्रवेश गरेको हो । त्यस्तै भारत संग पराजित भएता पनि बंगलादेश समूह उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश ग¥यो ।

पुरुष एकलमा भारतका ध्रुव राउतले बंगलादेशका एसएसएम शिवगाथुल्लालाई २१।१७, २१।१८ ले पराजित गरे । यस्तै महिला एकलमा माल्भिका बान्सोदले बंगलादेशकी उर्मी अख्तरलाई २१।४, २१।९ ले हराईन् । पुरुष युगल तर्फ भारतका बिष्णु बरदान र प्रियान्सु राजवतको जोडीले बंगलादेशका गौरव सिंह मंगल सिंहको जोडीलाई २१।१४, २१।९ ले तथा महिला युगल तर्फ पूर्वा बर्भे र तनिशा क्रोष्टाको जोडीले बंगलादेशका उर्मी अख्तर र रश्मा अख्तरको जोडीलाई २१।११, २१।९ ले पराजित गरे । यस्तै मिक्स युगल तर्फको खेलमा बिष्णु बरदान र तनिशा क्रोष्टाको जोडीले बंगलादेशका शिवगाथुल्ला र फारविन बिन्ता ईमदाललाई २१।८, २१।८ ले जित निकाल्दै ५ । ० को जित निकाल्यो ।

नेपाल श्रीलङ्का र मालदिभ्स संगै समूह बीमा रहेको छ । समूह बीको पहिलो लिग खेलमा श्रीलङ्काले मालदिभ्सलाई ४ । १ ले पराजित ग¥यो ।

श्रीलङ्काका रनतोष्का सासिन्दुले मालदिभ्सका अहमद निवाललाई २१।१३, २१।११ले, महिला एकलमा दिल्मी दियासले अमिनाती नविहालाई २१।६, २१।११ले, पुरुष युगलमा चामथ दियास र चिराथिल्लेप ईरामारोचीको जोडीले मोहम्मद अकिफ र मोहम्मद राफाको जोडीलाई २१।७, २१।१० ले तथा हासिनी अम्बलाङ्गोदुग र दिल्मी दियाको जोडीले अमिनाती नविहाको जोडीलाई २१।१०, २१।१९ ले पराजि गर्दै लगातार ४ जित निकाले । मिक्स युगलको खेलमा भने मालदिभ्सले जित निकाल्यो । मालदिभ्सका निवाल अहमद र फथमा नवाहको जोडीले रन्थुस्का र हासरा विजेवर्दनेको जोडीलाई २१।१९, १५।२१ र २१।१८ ले पराजित गरे ।

नेपाल र श्रीलङ्काविच भएको मिक्स टिम ईभेन्ट्समा नेपालले ३ । २ को जित निकाल्यो । पुरुष एकलमा नेपालका नविन श्रेष्ठले श्रीलङ्काका रन्थुस्का ससिन्दुलाई २२।२०, २१।१३ ले हराए । महिला एकल तर्फ रशिला महर्जन दिल्मी दियास संग १२।२१, १२।२१ ले पराजित भईन् । पुरुष युगल तर्फ नविन र प्रिन्स दाहालले श्रीलङ्काका चिराथ ईल्लेपरुमाराची र चामाथ दियासको जोडीलाई २१।१८, २३।२१ ले पाखा लगाए । महिला जोडी तर्फ रशिला महर्जन र जेशिका जोडी श्रीलङ्काका दिल्मी दियास र हासिनी अम्बालाङ्गादेको जोडी संग २१।१३, २१।८ ले पराजित भए । यस्तै मिक्स जोडी तर्फ प्रिन्स दाहाल र रशिला महर्जनको जोडी श्रीलङ्काका रन्थुस्का र दिमी दियासको जोडीलाई २१।१९, २१।१३ ले पराजित गर्दै ३ । २ को जित निकालेको हो ।

अव नेपालले अन्तिम चारको यात्रा तय गर्न बुधबार हुने मालदिभ्ससंगको खेलमा जित निकाल्नु पर्ने छ । अन्यथा मालदिभ्ससंग हारेको खण्डमा हेड टु हेडको आधारमा जित हारको निर्णय हुने रेफ्रि किरण गोपाल कारञ्जितले बताए ।