मनोरञ्जन

गायिका शान्ति श्री परियारको अर्को हृदयबिदारक गीत ‘ चिल गाडि’

काठमाडौं । पछिल्लो समय फरक फरक प्रस्तुति बजारमा ल्याएर सर्वाधिक चर्चा मा रहेकी चर्चित गायिका शान्ति परियार र गायक पुर्ण संयोगको फेरी अर्को मनै छुने गीत “चिल गाडि” सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई सुसेली म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

देशमा भर ब्यप्त बलत्कारको घटनमा परेकी बालिका र परदेशमा गएका नेपाली युवाको कठिन आत्मकथालाई गीतमा ब्यक्त गरिएको छ । धन कमाउन गएका नेपाली दाजु भाइ दिदी बहिनीहरू काठको बाकसमा फर्किनु परेको छ भने घर परवारको बिचल्ली भएको छ । त्यतिमात्र नभएर आफनो घरमा फर्कदा परिवारका सदस्य गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ।

बास्तविक जिवन घटनामा आधारित गीतमा पुर्ण संयोग र लोकराज सिंहको शब्द तथा लय सिर्जनमा वियोगान्त गीत लेखिएको छ । राजेश घिमिरेको छायाँकन, अमर शाक्यको सम्पादन, कपिल लामाको निर्देशन र विमल अधिकारी र सारिका केसीको अभिनय रहेको छ ।