समाचार

पप्पु कन्स्ट्रक्सनलाई कालो सूचिमा राख्ने निर्णय प्रति महासंघको कडा आपत्ति

काठमाडौँ । सरकारले पप्पु कन्स्ट्रक्सनलाई कालो सुचिमा राखेको प्रति निर्माण व्यवसायि महासंघले आपत्ति जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै महासंघको एसोसिएट सदस्य समेत रहेको पप्पु कन्स्ट्रक्सनको बारेमा जल तथा सिचाई विभाग अन्तरगर्त सिक्टा सिचाई आयोजनामा पप्पु कन्स्टक्सनले कोस्टल संगको जेभिमा निर्माण गरिहेको डुडुवा नहर निर्माण सम्बन्धि प्रकाशित सुचना र त्यसपछि जोडेर गरिएको प्रचारका सम्बन्धमा गम्भिर ध्यानार्षण भएको बताएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले ३ मंसिरमा प्रकाशित गरेको सूचना अनुसार सिक्टा सिचाई आयोजना बाकेले कोस्टल पप्पु जेभिलाई कालो सुचिमा राख्ने वा नराख्ने निर्णय नहुदै, स्पष्टि करणको मौका नै नदिई प्राकृतिक न्याय सिद्धान्त विरुद्ध खरिद कार्यायमा भाग लिन नपाउने गरि रोक लगाइएको प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासंघले प्रचलित कानुन विपरित पूर्वाग्रहपूर्ण तवरले राज्य संयन्त्र नै विरुद्धमा लागि फसाइएको महासंघले ठहर गरेको छ । निर्माण व्यवसायिहरु मथि मनोमानि ढंगले कारकाहि गर्दै जादा सम्पूर्ण व्यवसायमा संलंग्न व्यवसायिहरु हत्तोसाहित हुने र सरकारी ढुकुटीमा खर्च समयमा हुन नसकि राज्य समेत असफलताको दिशामा जाने महांघले ठहर गरेको छ ।

विज्ञप्ति सहित :