समाचार

निर्मला काण्ड लगायतमा ओली सरकार बिरुद्ध उत्रन नसकेकोमा डा.पराजुली सभापति देउवा बिरुद्ध आक्रोसित

काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता एबम् पुर्ब साँसद डा. शोभाकर पराजुलीले सभापति शेरबहादुर देउवाले असल प्रतिपक्षको भुकिा खेल्न नसकेको आरोप लगाएका छन् । कञ्चनपुरकी १३ बर्षिया बालीका निर्मला पन्तको बलात्कार र हत्या, वाईडबडी बिमान खरिदमा ब्यापक भ्रष्टाचार, राष्ट्रपति बिद्योदेबी भण्डारीका लागि १८ करोडको गाडि खरीद सुन काण्ड लगायत दर्जनौं काण्डै काण्ड हुंदा समेत सरकार र प्रधानमन्त्री ओलीको रचनात्मक बिरोध गर्न प्रतिपक्षी दलको नेताको हैशियतमा सभापति देउवाले भुमिका खेल्न नसकेको डा. पराजुलीको तर्क छ ।
एकाबिहानै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै डा. पराजलीको सिंगो काँग्रेस र लोकतन्त्रमा नै खतरा आएको अनुमान गर्दै त्यसको बिरुद्धमा प्रभाबकारी बिरोध गर्न आग्रह समेत गरेको देखिन्छ । डा. परालुजीले लोकतन्त्रका बिषयमा किताबहरु समेत लेखेका छन् ।

उनको स्टाटसः
नेपाली काङ्रेसका समादरणीय सभापति एवं केन्द्रीय कार्यसमितिका सबै आदरणीय साथीहरु,
निर्मला काण्ड, VAT फिर्ता, ओलिका पोस्टर, NCELL प्रकरण, NGO कार्यक्रम, व्यापार घाटा, संचित डलर सकिंदै, सुन काण्ड, FDI लगानी कम, बिदेश नीति असफल, कर आतंक, प्रेस स्वतन्त्रता हनन्, बुढीगन्डकी, वाइडबडी, १८ करोड आदि काण्डैकाण्डका बारे प्रभावकारी विरोध किन भैरहेको छैन ? कृपया देश, लोकतन्त्र र जनताप्रति इमान्दार र जवाफदेही बनौं ।जय नेपाल !!!