मनोरञ्जन

केकी अधिकारीको दाबीः सकारात्मक सोचौं, आफूले प्रयास गरेमा नयाँ युग कन्फर्म आउछ

काठमाण्डौ । नेपाली सिनेमाकी नायीका केकी अधिकारीको बिचारमा नयाँ युग आउन आफ्नै पहल र प्रयास जरुरी छ । उनी भन्छिन् सरकारले नयाँ युग ल्याउने भनेको शब्द सुन्दै राम्रो भएपनि उक्त प्रणाली ल्याउन सबै मिल्नुपर्छ ।  अधिकारीले आफ्नो ट्वीटर अकाउण्टमा ट्विट गर्दै सबैलाई सकारात्मक सोच्न आग्रह समेत गरेकी छन् ।

उनको आफ्नै शब्दमा,
जस्तो सोच्यो तेस्तै नै भइजान्छ रे ! केही हुंदैन भनेर पो नभाको हो कि ! सकारात्मक नै सोचौं न, नयाँ युग सुन्दैमा यति राम्रो शब्द छ। तर यति चैं पक्का हो कि तपाई हामीले पनि यो युगमा जान आफ्नै प्रयास र पहल चाहिं गर्नै पर्छ। सबै मिली साथ दिऔँ न, कसो नआउला र नयाँपन अनि नयाँ युग ।