आर्थिक

सात वटा भन्सारमा प्रभु बैंकको काउण्टर

कठमाडौँ । प्रभु बैँकले सात वटा भन्सारमा आफ्नो काउण्टर सञ्चालनमा ल्याउने भएको छ ।

सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमाप्रभु बैंकले काउण्टर खोली बैंकिड. कारोवार शुरु गरेको हो ।

सम्झौंतामा मंलवार एक कार्यक्रमका बीच भन्सार बिभागका महानिर्देशक तोयम राया र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बीच हस्ताक्षर भएको हो ।

झापाको भद्रपुर, सुनसरीको कोशीव्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले अर्को हप्ता देखि बैंकको काउण्टरहरु संचालनमा ल्याई सेवाप्रारम्भ गर्ने भएको छ ।

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसंगको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसंगै उक्त क्षेत्रमा आयातनिर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा बृद्धि हुनजाने बिश्वास लिईएको छ ।

बैंकको सेवाप्रारम्भ भएसंगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयातनिर्यातकर्ताहरुले सरल रुपमा बैकिड. सेवाहरु प्राप्तगर्नेछन । साथै सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवापुग्ने बिश्वास बैंकले लिएको छ ।