समाचार

उपत्यकामा अब यातायातमा ४ दिन जोर बिजोर प्रणाली, कुन दिन कसको पालो ?

काठमाडौं । राजधानीको सडकमा चल्ने सवारी साधनमा मंसिर १३ विहिवारदेखि  १६ आइतवार गतेसम्म जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

आगामी मंसिर १४ देखि १७ सम्म काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटमा सहभागि हुने विदेशी पाहुनाको आवागमनलाई व्यवस्थित बनाउन जोरबिजोर प्रणाली लागू गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिट क्रममा सवारी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ गते शुक्रबा र मंसिर १६ गते आइतबार जोर (०,२,४,६,८) अंक भएका गाडी मात्रै चल्न पाउनेछन्।

अत्यावश्यक सेवार शैक्षिक स‌स्थाका सवारी साधनमा भने जाेर बिजाेर लागु हुने छैन् ।