बाग्मती

काङ्ग्रेस जिल्ला सभापति भेलाले हिन्दू धर्मको बारेमा केही निर्णय गर्ला त ?

काठमाडौ ।, नेपाली काङ्ग्रेसको महासमिति बैठकको पूर्व तयारी र विधानसम्बन्धी छलफलका लागि मङ्सिर १२ र १३ गते ७७ जिल्लाका सभापतिहरु नुवाकोटको ककनीमा भेला हँदै छन् । नुवाकोटको ककनीमा सभापतिहरुको भेलामा सबैको दृष्टिहुँदै गर्दा जगदीश्वरनरसिंह केसी(नुवाकोट), विकास लामा(सिन्धुपाल्चोक) लगायतका सभापतिहरु भने काङ्ग्रेस आगामी महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेन्डा पारित गरेर अघि बढ्नुपर्छ भन्ने तयारीमा रहेको उनीहरु निकट स्रोतले जानकारी दियो ।आज एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिदै केसीले नेपाल हिन्दुराष्ट्र हो भन्ने अभिव्यक्ति दिएका थिए । केसीले संविधान निर्माणका क्रममा पनि संविधानमा धर्मनिरेक्षता हटाई सापेक्षता लेख्न माग गरेका थिए ।लामा भने हिन्दुपथमा सदैव अडिग नेता हुन् । यिनी दुई भन्दा अरु थुप्रै जिल्ला सभापतिहरुपनि काङ्ग्रेस हिन्दुपथमा रहनुपर्ने भन्नेमा विश्वस्त छन् ।
केसी आफैं आयोजक भएका कारण र लामा बौद्धमार्गी भएतापनि हिन्दुपथमा उभिदै गर्दा जिल्ला सभापति भेलामा हिन्दुराष्ट्रको मुद्दा उठ्नु स्वभाविकनै हो । ८० प्रतिशतभन्दा बढी हिनदू भएको मुलुकलाई एकाएक धर्मनिरपेक्ष राष्ट्र घोषणा मात्र गरिएका, धर्मनिरपेक्षतालाई संबिधानमा समेत राखिएको छ । अब पुनः धर्मनिरपेक्ष हटेर हिन्दू राज्य आउछ आउदैन त्यो फरक कुरा हुन सक्छ तर काँग्रेसको जिलला सभापतिको भेलामा कत्तिको कुरा उठ्छ त्यो हेर्न बाँकी छ, कुरा उठ्यो भने सभापति भेलालेृ कस्तो निर्णय हुन्छ, हिन्दू धर्ममा आस्था राख्ने वा हिन्दू धर्मात्मक मूलूक भएको देख्न चाहनेले सभापति भेलाको निर्णय कुरेर बसेका हुन सक्छन् ।